माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसदमा निणर्यका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् ।

माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट बाहिरिनुपर्ने माग गर्दै आएका छन् । सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुपर्ने प्रस्ताव माओवादीको असहमतिका कारण सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्तुत गरेका थिए ।

माओवादी नेता श्रेष्ठले संसदमा पेस गरिएको एमसीसी सम्झौता निणर्यका लागि पेस हुनुअघि नै माओवादी सरकारबाट बाहिरिनु पर्नेमा जोड दिएका छन् । तर, माओवादीका प्रमुख सचेतक गुरुङले एमसीसी सम्झौता संसदमा टेबल भएर छलफलको चरणमा रहेकाले निणर्यका लागि पेस भएपछि मात्र सरकारबाट बाहिरिने विषयमा निणर्य हुने बताएका छन् ।

उनले भने, ‘हाम्रो असहमति हुँदाहुँदै पनि एमसीसी टेबल भएको छ, अब निणर्यार्थ पेस हुने बेलासम्मको अवस्था हेरेर पार्टीले सरकारको बारेमा निणर्य लिन्छ ।’ नेपाल समाचारपत्र दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री