जिल्ला प्रशासन कार्यालय तनहुँबाट ई–पासपोर्ट वितरण सुरु

जिल्ला प्रशासन कार्यालय तनहुँबाट ई–पासपोर्ट वितरण थालिएको छ। जिल्लाबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ।

प्रशासनले सुरुमा हप्ताको ६ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए। उनका अनुसार कार्यालयले दुई पटक पासपोर्ट ल्याएर वितरण गरिसकिएको छ।

कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम सेवाग्राहीलाई सेवा दिइएको हो।

कर्मचारीको जनशक्ति बढाएर दुई स्टेशनबाट सेवा दिने योजना बनाइएको उनले बताए। ई–पासपोर्ट लागू गर्नुअघि कार्यालयमा दैनिक ७० देखि ८० जनासम्म सेवाग्राही पासपोर्टका लागि सेवा लिन आउने गरेका थिए।

जनताले घरबाटै अनलाइनबाट फर्म भरेर प्रशासनमा आएर अन्य सेवा लिन सकुन् भन्ने उद्देश्यले अनलाइन प्रणालीको व्यवस्था गरिए पनि सर्वसाधारणमा उक्त पहुँच पुग्न नसकेको सहायक प्रजिअ गैरेले जानकारी दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीले पैसा खाई दिएको भन्दै प्रहरीमा ५३ सय उजुरी, ११ अर्ब ६६ करोड मागदाबी

काठमाडौं । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । …

प्रतिकृया दिनुहॊस