ललितपुर महानगरपालिकामा आजदेखि बुस्टर डोज दिइँदै

काठमाडाैँ । ललितपुर महानगरपालिकाले आजदेखि आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको छ । महानगरपालिकाका २९ वटै वडामा आज ९ र भोलि १० गते बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइने जनाइएको छ ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप