नेपालमा पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर ९ हजार ८१५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै आज थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । सोही अवधिमा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितकाे संख्या १२ हजार २४४ रहेकाे छ ।
तपाईंको प्रतिकृया




