शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताएका छन् ।
उनले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवर्द्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरि प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरी विकासमा सेवा पुर्याउने गरि नाष्टले काम गर्दै आएकाेमा प्रशंसा पनि गरे।
नाष्टको ४५औँ प्राज्ञसभाका अवसरमा सन्देश दिँदै नास्टका सहकुलपति पौडेलले प्रतिष्ठानले विज्ञान तथा प्रविधि नीति २०६४, विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५ र नीति कार्यान्वयन खाका २०७७ तर्जुमा गरि विज्ञान प्रविधि क्षेत्रको प्रवर्द्धनमा खेलेको भूमिका, सरकारलाई आवश्यक परेको बेलामा दिएको परामर्शका साथै विशेष प्रतिभाशाली नेपालीहरूको पहिचान गरि प्रोत्साहन र सहयोग गर्न पुर्याएको योगदान स्मरणयोग्य भएको पनि उल्लेख गरे।




