नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णयहरु बारम्बार भनिरहेको पनि बताए । सांसद कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे।
सांसद कोइरालाले अमेरिकाले दिए जस्तो एमसीसी परियोजनाको सहयोग आजसम्म कुनै देशले नदिएको र यसमा अमेरिकाको कुनै स्वार्थ नरहेकोसमेत दाबी गरे ।
तपाईंको प्रतिकृया




