घरजग्गा, गाडी, सेयर र आयात कर्जामा थप कडाइ

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले घरजग्गा, गाडी, सेयर, आयात जस्ता कर्जा प्रवाहमा थप कडाइ गर्ने भएको छ । मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले त्यस्ता अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गर्ने घोषणा गरेको हो ।

अनुत्पादक क्षेत्रमा प्रवाह ऋणको ब्यादर र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक हुने गरी कर्जा प्रवाह गर्ने व्यवस्था गर्ने समेत मौद्रिक नीतिले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सेयर धितोमा प्रवाह हुने कर्जाको नीतिमा समेत पुनरावलोकन हुने बताए । यस अघि बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान गर्न राष्ट्र बैंकले सेयर धितोमा प्रवाह गरिने कर्जामा कडाई गरेको थियो ।

त्यस्तै, जग्गा प्लटिङ, हायर पर्चेज, आयातमा जाने कर्जा, मार्जिन प्रकृतिका कर्जालगायतको कर्जाको जोखिम भार पुनरावलोकन गरिने बताए । मौद्रिक नीतिले पूर्वाधार विकास बैंक (निफ्रा)ले पनि समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री