एमसीसी विवादमा बाबुराम भट्टराईको कटाक्ष- बरु भाँचिने तर नझुक्ने रे, वाह !

काठमाडौँ । यतिबेला एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले राजनीतिक दलबीच तीव्र विवाद र विभाजन देखिएको छ । सत्ता गठबन्धनमै रहेका दलमध्ये नेपाली कांग्रेस मात्रै सम्झौता जस्ताको तस्तै प्रतिनिधि सभाबाट अनुमोदन गरिहाल्नुपर्ने पक्षमा छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा)समेत एमसीसी संशोधन नगरी संसद्‌मा पेस गर्न नहुने पक्षमा उभिएका छन् । राष्ट्रिय जनमोर्चा त पहिलेदेखि नै एमसीसीविरुद्ध छ ।

तर पूर्व प्रधानमन्त्री समेत रहेका जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी तत्काल अनुमोदन गर्नुपर्ने पक्षमा लगातार जोडदार वकालत गरिरहेका छन् । पार्टीको आधिकारिक धारणा आइनसकेपनि बाबुराम भने एमसीसी अनुमोदन गरिहाल्नुपर्ने पक्षमा देखिएका छन् ।

उनले बुधबार राति पनि सामाजिक सञ्जालमार्फत एमसीसीको विरोध गर्ने माओवादी केन्द्रलगायत कम्युनिस्ट पार्टीविरुद्ध कटाक्ष गरे । ‘हाम्रा कण (कमरेड) हरू कुनै बेला अप्ठेरो सम्झौता गर्नुपर्दा लेनिनको Brest–Litovsk Treaty (जसमा रूसले जर्मनीलाई आफ्नो भूभाग सुम्पेको थियो), स्टालिनले १९३९ मा हिटलरसँग गरेको सम्झौता, माओले जापानविरोधी युद्धमा चियाङ काइसेकसँग गरेको सम्झौताको निकै दुहाइ दिन्थे । अहिले त बरु भाँचिने तर नझुक्ने रे ! वाह !’ उनले लेखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस कार्यसम्पादन समितिले गर्‍यो एमालेसँगको सहमतिको स्वागत

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक नयाँ सरकारका विषयमा नेकपा एमालेसँग भएको सहमतिको स्वागत …

प्रतिकृया दिनुहॊस