युक्रेनमा रहेका नेपाली भन्छन्- आत्तिनुपर्ने अवस्था छैन, स्थिति सामान्य नै छ

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ ।

युक्रेनमा कथंकदाचित आक्रमण भइहालेमा ती नेपालीहरूको उद्धार गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयको तयारीका बारेमा सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिनन्- ‘अहिलेसम्म त्यहाँ रहेका कुनै नेपालीले आपत् प-यो भनेर दूताबाससँग सहयोग मागेको छैन । आवश्यक परे यसअघि संकटग्रस्त अफगानिस्तानबाट नेपालीको उद्धार गरिए झैँ त्यहाँबाट पनि नेपालीलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था गर्नेछौँ ।’ उनले युक्रेनको घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको बताइन् ।

युक्रेनमै रहेका नेपालीहरूले पनि ​आत्तिइहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् । विगत ४३ वर्षदेखि युक्रेनमा बस्दै आएका एक नेपाली जयन्त नेपालले पश्चिमेली सञ्चारमाध्यमहरूले हल्ला फिँजाएको जस्तो स्थिति नरहेको बताउँदै भने- ‘आत्तिनुपर्ने अवस्था छैन । स्थिति सामान्य नै छ ।’

उनका अनुसार युक्रेनको राजधानी किभलगायत विभिन्न सहरमा करिब ३० परिवार नेपाली बसोबास गरिरहेका छन् भने म्यान पावरबाट युक्रेन भित्रिएकाहरूको संख्या सयको हाराहारीमा छ । नेपाल समाचारपत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस