६ महिनामा लागूऔषधसहित ६३ विदेशी नागरिक पक्राउ

चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएयताको ६ महिनामा प्रहरीले अवैध लागूऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ। ०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उनीहरु पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ।

गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन्।

पक्राउ पर्नेहरुबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागूऔषध बरामद गरिएको गृहले जनाएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री