स्थानीय तह निर्वाचन : कति छन् मतदाता ?

काठमाडौं । एकै चरण वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णयसँगै मुलुक अब चुनावी अभियानमा ‌प्रवेशमा प्रवेश गरेको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले गरेको घोषणासँगै अवाधिक निर्वाचनमा रहेको संशयलाई मात्रै हटेको छैन आगामी वर्ष ‘चुनाव वर्ष’ हुने सुनिश्चितता पनि गरेको छ ।

वैधानिक व्यवस्थाअनुसार मंसिर र पुसमा आफ्नो महाधिवेशन गर्न बाध्य भएका दलहरुले चुनावलाई लक्षित गर्दै सुरु गरेका कार्यक्रम सोमबार मिति घोषणा गरेसँगै अब तीव्र हुनेछन् । स्थानीय तह निर्वाचनकाे मिति घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि स्थगित गरेको छ ।

आयोगले हालसम्म देशभर एक करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको जनाएको छ । निर्वाचन आयोगका अनुसार यो प्रारम्भिक तथ्यांक हो । आयोगले देशभरका कार्यालयहरूबाट मतदाता नामावलीको यथेष्ट विवरण आयोगको कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

स्थानीय तहको निर्वाचन हुने समय नजिकिएसँगै आयोगले पछिल्लो समय मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको थियो । पछिल्लो समय करिब १५ लाख मतदाता थपिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । मतदाता नामावलीमा नाम संकलन भएका व्यक्तिले मात्रै मतदान गर्न पाउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री