भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्

बिहीबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुनेछ। भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ।

‘भोलिबाट मौसममा केही सुधार हुने देखिएको छ’ उनले भनिन्, ‘भोलि मध्याह्नपछि बादल त लाग्छ, तर वर्षा हुँदैन।’

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस