धौरी सरस्वती गाउँमा पहिलो पटक बिजुली

काठमाडाैँ ।  त्रियुगा नगरपालिका- ७ स्थित धौरी सरस्वती गाउँमा पहिलो पटक बिजुली पुगेको छ । राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्काले धौरी सरस्वतीमा विद्युतीकरणको उद्घाटन गरे ।

स्थानीय ७२ घर परिवारमा बिजुली पुगेको हो । त्रियुगा नगरपालिका-७, त्रियुगा नगरपालिका, स्थानीय र विद्युत प्राधिकरणको संयुक्त लगानीमा लामो समयको मिहिनेनतपछि बिजुली विस्तार भएको त्रियुगा नगरपालिका-७ का वडा सदस्य उद्धब काफ्लेले जानकारी दिए ।

परराष्ट्रमन्त्री डा. खड्काले त्रियुगा नगरपालिका-७ का सरस्वती आधारभुत विद्यालयका बालबालिकालाई ४२ थान न्यानो कपडा र कम्प्युटर हस्तान्तरण पनि गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस