निर्वाचन आयोगले जेठ ४ का लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनका लागि १० देखि १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमानित खर्चबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएकाे छ।
मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा आयोग पदाधिकारीहरुले स्थानीय निर्वाचनका लागि १० देखि १२ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका हुन्।
२०७४ मा सम्पन्न निर्वाचनमा ८ अर्ब रुपैयाँ खर्च भएको थियो ।
निर्वाचन आयोगले प्रधानमन्त्रीसँगको छलफलका क्रममा स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ। निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो ।
स्थानीय तहको निर्वाचन जेठ ४ गते सम्पन्न गर्नका लागि परामर्श र सुझाव दिएपछि आयोगले विज्ञप्ति जारी गर्दै उक्त मितिमा निर्वाचन गर्न तयार रहेको जनाएको हो।




