काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद डा. दुमनसिंह थापाको निधन भएको छ । थापाको आइतबार ६२ वर्षको उमेरमा काठमाडौँस्थित ह्याम्स हस्पिटलमा निधन भएको परिवारले जनाएकाे छ ।
थापा अर्घाखाँचीबाट पहिलो संविधानसभामा निर्वाचित भएका थिए । केही समय अघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।
तपाईंको प्रतिकृया




