बाबुरामले फेरि भने, ‘एमसीसी पास गरौँ, एकमुख भएर जनतालाई बुझाऊँ’

काठमाडौँ । सत्ता गठबन्धनमा रहेको दल जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) पास गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एमसीसी सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसद्‍बाट पारित गर्न आग्रह गरेका हुन् ।

पूर्व प्रधान मन्त्रीसमेत रहेका भट्टराईले एमसीसीबारे जनतालाई एकमुख भएर बुझाउनुपर्नेमा जोड्दिए । ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौँ । सबै एकमुख भएर जनतालाई बुझाऊँ,’ उनले भनेका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’

एमसीसी पारित नभए देश थप कंगाल हुने दाबी गर्दै भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भनेर सचेत पनि गराएका छन् । ‘यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस् । देश थप कंगाल बनेर जनसङ्ख्या अरू नघटोस् । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्’ उनले अगाडि भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री