स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा सत्ता गठबन्धन : गोकर्ण विष्ट

काठमाडाैं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्न सरकारसँग माग गरेका छन् । विष्टले सरकार संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले लोकतान्त्रिक अभ्यासबाट नभाग्न पनि आग्रह गरेका छन् ।

‘यति बेला सरकारमा सामेल पार्टीहरू संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन छन् । निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गर्न पटक-पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलाफमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ ।’

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन । लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।’ निर्वाचन आयोगले ताकेता गर्दा पनि सरकारले चुनावको मिति घोषणा गरेको छैन । स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस