समाज डेण्टल हप्पिटलले पाँचौं शाखा आजबाट पेप्सिकोलाकाे सनसीटीमा सुरु गरेको छ। समाज डेण्टलले आजदेखि पेप्सिकोलाकाे सनसीटीमा शाखा सुरु गरेको हाे।
कागेश्वरी मनाेहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले आज सनसीटी पेप्सिकोला शाखाको औपचारिक सुरुवात गरेका हुन्। २२ वर्ष अघि नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलले यसअघि चार वटा शाखाबाट सेवा दिइरहेको छ।
नयाँ शाखा उद्घाटनको अवसरमा समाज डेण्टलले सेवाग्राहीलाई पचास प्रतिशत छुटको सुविधा पनि उपलब्ध गराएको समाज डेण्टलका प्रवन्ध निर्देशक शंकु घिमिरेले जानकारी दिए।
कोरोना महामारी बढेकाले भिडभाड नगरि शाखाको सुरुवात भएको थियो। माघ महिनाभरि दाँत तथा मुखको उपचारमा छुटको सुविधा कायमै रहने समाज डेण्टलका प्रवन्धक सविन घिमिरेले जानकारी दिए।
नयाँ बानेश्वर, जावलाखेल, वीपी स्मृति अस्पताल बसुन्धारा र राधेराधे भक्तपुरबाट यसअघि सेवा दिइरहेको समाज डेण्टलले आजदेखि पेप्सिकोलाबाट पनि सेवा सुरु गरेको हो। २२ वर्षमा करिब ५ लाख सेवाग्राहीलाई सेवा दिइसकेको समाजले पेप्सिकोला क्षेत्रमा गुणस्तरिय दन्त सेवा दिन शाखाको सुरुवात गरेको जनाएको छ।




