गायक विनोद नेपाल र गायिका रिता अधिकारीको ‘मायाको लिला’ बजारमा (भिडियो)

काभ्रेली गायक विनोद नेपाल र गायिका रिता अधिकारी हुमागाईंको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ । ‘मायाको लिला’ नामको गीत हालै बजारमा आएको हो।

मिलन फिल्मसले उत्पादन गरेको यस गीतमा स्वर विनोद नेपाल र रिता अधिकारी हुमागाईंको रहेको छ । शब्द र लय विनोद नेपालको छ भने एरेन्ज विष्णु तामाङको रहेको छ ।

गीतको म्युजिक भिडियोमा कलाकारहरु मकुन्द थापा, विनोद नेपाल, रिता अधिकारी हुमागाईं, आरएन कार्की, केदार न्यौपाने र अनिता पौडेलको अभिनय देख्न पाइन्छ ।

गीतको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायाँकन सन्तोष तिमल्सिनाले गरेका छन् । श्रृंगार अञ्जना लामिछाने र सम्पादन रोशन धितालले गरेको गीत मायाप्रेममा आधारित छ । गीत यस्तो छः

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस