आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा ३ सयले घटेर ९२ हजार ४०० पुगेको छ ।

यस अघि शुक्रबार सुन तोलाको ९२ हजार ७०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १२ सय ५० पुगेको महासंघले जानकारी दिएको छ । यसअघि शुक्रबार चाँदी तोलाको १२ सय ६० मा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री