काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् । बिहान प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै देउवाले महामारी नियन्त्रणमा सबै एक जुट हुनुपर्ने बताएका हुन् ।
सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने उनको भनाई थियो । ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधान मन्त्री देउवाले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’
कोरोना नियन्त्रणमा सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि उनले बताए । नेकपा एमाले उपाध्यक्ष नेता सुवास नेम्वाङको नेतृत्वमा बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधान मन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको थियो ।
यस्तो छ एमालेको ध्यानाकर्षण पत्र :-
प्रतिकृया दिनुहॊस