भारतमा एकै दिन दुई लाख ६४ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा कोभिड-१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

यही अवधिमा तीन सय १५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको बीबीसीले जनाएको छ । यही अवधिमा एक लाख नौ हजार तीन सय ४५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

अहिले भारतमा १२ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका त्यहाँको मन्त्रालयले जनाएको छ । अहिले भारतमा कोरोना सङ्क्रमण दर १४ प्रतिशतभन्दा धेरै छ । यहीबीचमा एकै दिन ७३ लाख जनाभन्दा धेरैलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म एक सय ५५ करोड जनसंख्यालाई खोप लगाइएको त्यहाँको मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस