स्वास्थ्य मापदण्ड अपनाउन सरकारका प्रवक्ता कार्कीको आग्रह

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वास्थ्य मापदण्ड पालना गर्न आम नागरिकलाई आग्रह गरेका छन् । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दर बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री कार्कीले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।

सरकार नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको उनको भनाई छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरू परिचालन गरिसकेको पनि मन्त्री कार्कीले बताए ।

‘पछिल्ला केही दिन यता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरू परिचालन गरिसकेको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ । म आम नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले स्व.नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख …

प्रतिकृया दिनुहॊस