काठमाडौँ – इन्टर मिलान इटालियन सुपर कपको च्याम्पियन बनेको छ । बुधबार राति भएको फाइनल खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा २-१ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरको जितमा लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरेका थिए भने युभेन्ट्सका वेस्टन म्याकेनीले गोल गरेका थिए ।
खेलको २५ औं मिनेटमा म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको अतिरिक्त समय १ सय २१ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए । इन्टरले २०१० पछि पहिलो पटक सुपर कप जितेको हो ।
तपाईंको प्रतिकृया




