नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन्।
नेपाली भूमिमा सडक बनाउने सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्ति खेदजनक भएको भन्दै अविलम्ब दुवै देशका प्रधानमन्त्रीले वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उनले बताए।
नेता पोखरेलले सार्वभौमसत्तामाथि प्रहार हुने भारतीय क्रियाकलापले जनस्तरमा रहेको सम्बन्धलाई रोक्नेतर्फ सचेत गराएका छन्।
केहीदिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भू:भाग लिपुलेकमा भारतले सडक विस्तार गरिरहेको बताएका थिए।
तपाईंको प्रतिकृया




