काठमाडाैं । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई ध्यान दिंदै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका थिए । बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरिएकाे बैंकले वताएकाे छ ।
माछापुच्छे बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय ६३ वटा शाखाहरु र १ सय ५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३ सय २६ स्थानबाट १० लाखभन्दा बढि ग्राहकहरुमा बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २ सय एटीएम संचालनमा रहेका छन् ।




