उपत्यकामा आजदेखि १२ देखि १८ वर्ष मुनिकालाई खोप दिइँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरुद्ध खोप दिन लागेको हो ।

१८ वर्ष मुनिका भन्नाले १७ वर्ष ११ महिना २९ दिन मुनिका हुनुपर्ने मन्त्रालयले जनाएको छ । बालबालिकाहरूलाई फाइजर र मोडर्नाको खोप दिन लागेको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका केही स्थानीय तहमा भने यो अभियान केही दिन अघिदेखि नै शुरू भइसकेको जनाएको छ ।

नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ । सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने निर्णय गरेकाे थियाे तर सिरिञ्ज अभाव भएपछि भने अभियान राेकिएकाे थियाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after