बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ‘द शुशी बार मल्टी फेशन’मा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र The Sushi Bar Multi-Fusion Cuisine बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।

यस सम्झौता पश्चात् ग्राहकहरुले The Sushi Bar Multi-Fusion Cuisine मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । The Sushi Bar Multi-Fusion Cuisine ले काठमाण्डौं स्थित छायाँ सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री