काठमाडौँ । काठमाडौँको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार मृतक विष्ट बझाङको थलारा घर भई हाल ललितपुर बस्दै आएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बमको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरी पक्राउ परेको छ ।
तपाईंको प्रतिकृया




