महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले पुस ५ गते सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका, पुस ११ गते एमिटि कलेज, महेन्द्रनगर र पुस १४ गते सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

विद्यार्थीहरु लगायत समाजका सबै बर्गलाई डिजिटल बैकिङ सम्वन्धि जानकारी गराई डिजिटल बैकिङका प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउँदै आएको एमिटि कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा उक्त कार्यक्रमहरु आयोजना गरिएको थियो।

भीमदत्त नगरपालिकामा संचालित डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र सामाजिक कार्यक्रम प्रमुख गोमा अवस्थीको उपस्थिति रहेको थियो । नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक महेशराज जोशीले डिजिटल बैंकिङ वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण गरेको उक्त कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले नगदरहित अर्थतन्त्रको अवधारणा विकास हुँदै गएकोले आम नागरिकले वित्तीयरुपमा पनि साक्षर हुनुपर्ने बताउँदै नेपाल बैंकसँगको आत्मीय सम्बन्ध र यस बैंकले प्रवाह गर्दै आएको ग्राहकमैत्री सेवाहरुको चर्चा गरेका थिए।

यस कार्यक्रममा १२५ जना स्थानियको सहभागिता रहेको थियो । त्यसैगरि एमिटि कलेज महेन्द्रनगरमा संचालित डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रममा कलेजका प्रधानाध्यापक रबिन्द्र अवस्थी, कलेजका बोर्ड सदस्य डा. नरेद्रबहादुर चन्द र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख जनकप्रसाद सुवेदीको उपस्थिति रहनुका साथै ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा संचालित डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन संकायका डिन प्रा. डा. पदमराज जोशी र सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका विभागीय प्रमुख शंकर दत्त भट्टको उपस्थिति रहेको थियो । डिजिटल बैकिङ वित्तीय साक्षरता सम्बन्धी उक्त कार्यक्रम उद्घाटन गर्दै सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका डिन प्रा.डा. पदमराज जोशीले सुदूरपश्चिम विश्वविद्यालयको नेपाल बैंकसँग आत्मीय सम्बन्ध र यस बैंकले प्रवाह गर्दै आएका ग्राहकमैत्री सेवाहरुको चर्चा गर्दै डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रमबाट बिबिए अध्यनरत बिद्यार्थीहरुमा ठूलो बित्तीय चेतना जागृत गरेको भन्दै धन्यवाद प्रकट गरे । उक्त कार्यक्रममा ९२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस