राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बिहीबार राष्ट्रपतिसँगको भेटवार्ताका लागि प्रधानमन्त्री अपराह्न साढे ४ बजे शितलनिवास पुगेका थिए। उनीहरूबीच करिब १ घण्टा कुराकानी भएको थियो।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताए। पछिल्लो समय कोरोना संक्रमण बढेको विषयमा पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको उनको भनाइ छ।

यसअघि आजै विहान प्रधानमन्त्रीसहित सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक समितिको बैठक बसेको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस