भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित, प्रधानमन्त्री देउवा भारत नजाने सम्भावना

गुजरात सरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित भएको घोषणा गरेको छ। कोभिड संक्रमण बढेको भन्दै गुजरात सरकारले सो सम्मेलन स्थगित गरेको हो।

प्रधानमन्त्री नेरन्द्र मोदीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम थियो। दुई दिने सो सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो।

सम्मेलनमा भाग लिने नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागीता हुने कार्यक्रम थियो। सम्मेलनमा रसियाली प्रधानमन्त्री, मोजाम्बिकका राष्ट्रपति, मौरिससका प्रधानमन्त्री र स्लोभानियाका प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय भएको थियो।

त्यस्तै विभिन्न देशका मन्त्री र कम्पनीका सीईओ पनि सहभागी जनाउने बताइएको थियो। कार्यक्रम स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल भारत भ्रमणमा नजाने सम्भावना छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस