गरिमा विकास बैंकले १६ प्रतिशत बोनस शेयर दिने

गरिमा विकास बैंकले यस वर्ष १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ।

कम्पनीको सहारा विकास बैंकलाई प्राप्ती पूर्व कायम चुक्तापूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ रहको थियो । साविक सहारा विकास बैंकको चुक्तापूँजी २७ करोड २२ लाख ७० हजारसमेत गरी हाल कायम कम्पनीको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार रुपैयाँको आधारमा कम्पनीले १६ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।

गत वर्ष प्राप्ती प्रकृयामा गएकाले कम्पनीको बोनस शेयर वापत लाग्ने कर रकममा भने छुट हुनेछ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिने, यी क्षेत्रमा परिचालन गरिने

काठमाडौँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (करिब ३ अर्ब ३३ करोड …

प्रतिकृया दिनुहॊस