निर्वाचन आयोगद्वारा राष्ट्रियसभा उम्मेदवारले चुनावमा खर्च गर्न पाउने सीमा निर्धारण

माघ १२ मा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ। १९ पदका लागि ४३ जना चुनावी मैदानमा छन्।

निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको हो।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ हजार, सवारी साधन/घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ।

त्यस्तै, ढुवानी १० हजार, गोष्ठी/अन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री