नेप्से परिसूचक ३२ अंकले बढ्याे

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार नेप्से परिसूचक बढेको छ। आज नेप्से परिसूचक ३२ दशमलव शून्य ३ अंकले बढेर २ हजार ६१६ दशमलव ९४ बिन्दुमा पुगेको छ ।

आज २३० वटा कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँमा खरिद विक्री भएको छ।

त्यस्तै आज एउटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य सकारात्मक सर्किट लाग्नेमा मध्य भोटेकोसी रहेको छ। यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले बढेको हो ।

आज सर्वाधिक शेयर कारोबार हुनेमा हिमालय डिष्टिलरीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको आज २८ करोड४४ लाख २७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री