घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सोमबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले सस्तिँदै ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

गत आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा पाँच रुपैयाँले मात्र घट्दै आज एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री