सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा विस्तार नवलपरासीको भटौलियामा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, भटौलिया बजारमा पुस १६ गतेदेखि ९०औं शाखारहित बैंकिङ सेवा सुरू गरेको हो।

देशका विभिन्न दुर्गम स्थलका वासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले उक्त शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो।

सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएकाे छ।

याे शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखनिय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० शाखारहित बैंकिङ ईकाईहरुबाट करीब १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक लगाएको छ । बैंकको …

प्रतिकृया दिनुहॊस