थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ ।
अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखसम्म उपलब्ध सबै खालका हेल्थ प्याकेजहरुको साबिकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो ।
यस्तो छुट पाउनका लागि विभिन्न अनलाइन तथा अन्य मिडियाहरुमा प्रकाशित नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा आउनु पर्नेछ ।
नर्भिक इन्टरनेशनल हस्पिटलका सूचनामूलक सामाग्री विज्ञापनको रुपमा विभिन्न अनलाइन न्यूज पोर्टल तथा मिडियाहरुमा प्रकाशित हुने गरेका छन् । त्यसको स्क्रीनसर्टसहित अस्पतालसँग सम्पर्क गरे आफूले लिन चाहेको हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ।
नर्भिकले विशेष अवसरहरुमा विगतदेखि नै यस्ता छुटको प्याकेजहरु ल्याउने गरेको छ। अस्पतालले सामाजिक उत्तरदायीत्वको रुपमा प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपिडी सेवासमेत संचालन गर्दै आएको छ।
अस्पतालले पुस महिनाभरि मूत्रथैलीको पत्थरीको शल्यक्रिया गर्दा साबिकको शुल्कमा २० प्रतिशत छुट दिने स्किम यसअघि नै सार्वजनिक गरिसकेको छ ।




