नेपाल बैंकद्वारा ‘नेपाल बैंक लिमिटेड छत्रमान सिंह स्वर्ण पदक’ प्राप्त गर्ने विद्यार्थीलाई सम्मान

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरि नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ ।

भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई त्रिभुवन बिश्वबिद्यालयको ४७ औं दीक्षान्त समारोहको अवसरमा सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वबिद्यालयका कुलपति शेरबहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी. स्वर्ण पदक प्रदान गरेका थिए। वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन बिश्वबिद्यालय व्यवस्थापन सङ्कायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक बर्ष त्रिभुवन बिश्वबिद्यालयको दीक्षान्त समारोहको दिन प्रदान गरिन्छ ।

नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाण्डौमा मिति बुधबार आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक लिमिटेडको नाममा स्थापित छत्रमान सिंह के.सी. स्वर्ण पदक प्राप्त गरेकोमा पदक विजेता बबिता ग्वाछालाई बधाई दिँदै सम्मान गरे । साथै, भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंकको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने शुभेच्छा व्यक्त गरे । कार्यक्रममा पदक बिजेता विद्यार्थी बबिता ग्वाछाले नेपाल बैंक लिमिटेडको नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैंक प्रति हार्दिक आभार व्यक्त गरेकी थिइन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण …

प्रतिकृया दिनुहॊस