नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरी गोलबजार ७, चोरहवा, सिरहामा रजिष्ट्रर्ड कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु. तीन करोड सैंतिस लाख दुई हजार पाँच सय वरावर साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठद्वारा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गर्नका लागि सम्झौता गरिएको छ ।
तपाईंको प्रतिकृया




