सेञ्चुरी कमर्सियल बैंकले ३० पुसमा बोलायो साधारणसभा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३० पुसमा साधारणसभा बाेलाएको छ। सभा बिहान ११ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा भौतिक तथा भर्चुअल गरी दुबै माध्यमबाट सुरु हुनेछ।

सभामा हाल कायम संस्थापक समूहको सेयर स्वामित्व ५३ दशमलव ४१ प्रतिशतबाट घटाएर ५१ प्रतिशत कायम गर्ने, बैंकले हाल कायम चुक्ता पुँजीको पाँच दशमलव ७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ।

त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी कार्य सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन्।

सभा प्रयोजनका लागि बैंकले १९ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १८ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा बैंलाभांश प्राप्त गर्न सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री