नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ।
यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन्। त्यस्तै गरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन्।
खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो। खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मूभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी जस्ता ६०,००० भन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ।
आफ्नो डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयारसमेत भएको छ।




