सिद्धार्थ बैंकको ५-१०-१५ क्यासब्याक योजना

सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधा तथा ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ पौष ७ गतेदेखि क्यासब्याक योजना ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले नगद क्यासब्याक पाउनेछन्।

पाँचौँ कारोबार रकमको ५५ (अधिकतम रु १००),
दसौँ कारोबार रकमको १०५ (अधिकतम रु १५०) र
पन्ध्राैं कारोबार रकमको १५५ (अधिकतम रु २५०)

यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न समयमा यस्ता योजनाहरु ल्याउने क्रममा ग्राहकहरुको उत्साहजनक सहभागिता रहँदै आएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस