नुवाकोटकाे बेलकोटगढीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुरू

सिटिजन्स बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका मदानपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। बैंकले सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सुब्बालाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ।

उक्त शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर रहेका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ इकाईबाट करिव १२ लाख ८०हजार ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस