निमावि तहमा २ हजार ५९८ शिक्षकको लागि विज्ञापन आह्वान

शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ। निम्‍न माध्यमिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ।

पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ। परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ।

आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या थप गरेर विवरण पठाएको थियो। सोही अनुसार विज्ञापन खुला गरिएको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस