प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशतका दरले हुने रु. २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्तापुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ।
आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद–१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। विष्ट यसअघि पनि बैंकको सञ्चालक थिए।
आजको साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनीहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठले बैंकले विगतमा झैं आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गरे।
प्रतिकृया दिनुहॊस