कृषि विकास बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको गत बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर तिर्न एक दशमलव ०५ नगद गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन्।
यस्तै, बैंकले नेपाल सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ। गत वर्ष बैंकले १५ दशमलव ७९ प्रतिशत (करसहित) लाभांश वितरण गरेको थियो।
तपाईंको प्रतिकृया




