काठमाडौँ । मर्मतका लागि एक महिनाअघिदेखि बन्द रहेको सुर्खेत विमानस्थल सञ्चालनमा आएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालन गर्न लागिएको हो ।
नागरिक उड्डयन कार्यालय सुर्खेतकाअनुसार वायुसेवा कम्पनीहरूले काठमाडौं(सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो ।
नेपालगञ्जमा दैनिक पाँच उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान गर्ने गरेको थियो । धावनमार्ग मर्मतको समयमा पनि सुर्खेत विमानस्थलमा हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो ।
तपाईंको प्रतिकृया




