काठमाडौं । प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । संसद् बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ । बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भएपनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो ।
उसले १०औँ अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ । मंसिर २८ गते बसेको १०औँ अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।
तपाईंको प्रतिकृया




