कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुल्ला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ। खुल्ला केन्द्रीय सदस्य ९ जना मध्ये एक जना मात्र शेखर कोइराला पक्षले जितेको छ। बाँकी ८ वटा पदमा देउवा पक्षले जितेको छ।
महिलातर्फ खुल्ला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा धेरै मत पाएकी छन्। उनले दुई हजार ८८५ मत पाएकी हुन्।
दोस्रो स्थानमा पुष्पा भुसाल रहेकी छन्। भुसालले दुई हजार ७१८ मत पाइन्। प्रधानमन्त्रीसमेत रहेकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले दुई हजार ५३६ मत पाउँदा चौथो बनेकी अम्बिका बस्नेतले दुई हजार ३३९, ईश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन्।
निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन्। प्रसाईं भने शेखर कोइराला प्यानलकी उम्मेदवार हुन्। ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए।
प्रतिकृया दिनुहॊस